Section 63
विशेष छुट
(१) प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि संस्थान वादी भएको मुद्दामा कोर्ट फी लाग्ने छैन र संस्थान वादी वा प्रतिवादी भएको मुद्दा मामिलामा संस्थानको वारिसलाई हाजिर नगराई नहुने अवस्था परी सम्बन्धित अड्डा अदालतले आदेश दिएमा बाहेक संस्थानको वारिस तारेखमा हाजिर भैरहनु पर्ने छैन ।
२) संस्थानले आफ्नो जायजेथाको हक कायम गराउन, लगानी असुल गर्न, कर्मचारी, महन्त, पूजारी, रकमी, गुठियार, ठेकदार आदिसँग बाँकी रहेको नगदी जिन्सी दाखिला गराउने कूत, ठेक, मालपोत, भूबहाल समेतको जुनसुकै रकम असुल गर्ने सम्बन्धमा कुनै हदम्याद लाग्ने छैन ।